+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेता भीम रावल पार्टीबाट निकालिए, एमालले लियो कठोर निर्णय

जनवाच
३ महिना अगाडी

काठमाडौं। नेकपा एमालेले नेता डा.भीम रावललाई पार्टीबाट निष्काशन गरेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खोसेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

दसौँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्षको उम्मेदवार बनेका थिए । रावलले पछिल्लो समय पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको एमालेको भनाइ छ ।

‘अभिव्यक्तिहरू पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएकाले संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय गरेको हो’, ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ