+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्रिसमस डे

आज क्रिसमस डे : राष्ट्रपति पौडेलले दिए ईसाइ धर्मावलम्बीहरुलाई शुभकामना

जनवाच
३ महिना अगाडी

काठमाडौं। डिसेम्बर २५, अर्थात् आज क्रिसमस डे । विश्वभरका ईसाइ धर्मावलम्बीहरुले आज जिज क्राइन्टसको जन्मोत्सवको खुशीलाई क्रिसमस डे मनाउछन् । नयाँ वर्षको शुरुवातको रुपमा समेत रहेको क्रिसमस डेलाई आजभोलि ईसाइहरुले मात्र नभएर विश्वभरका अन्य जातजाती, धार्मिक समुदाय र व्यक्तिहरुले समेत मनाउने गरेका छन् । क्रिसमस डेको महत्व थप बढेर गएको छ ।

यसै शिलशिलामा आज क्रिसमस डेको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सबै ईसाइ धर्मावलम्बीहरुलाई शुभकामना प्रदान गरेका छन् । ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन् ।

चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने समेत उनले उल्लेख गरेका छन् ।

ईसाइ धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिँदै आइएको छ ।

राष्ट्रपति पौडेलले ईसाइ धर्मावलम्बीहरूको यस पर्वले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ