+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सार्वजनिक लेखा समिति

सार्वजनिक लेखा समितिको सभापतिबाट राजीनामा दिन पोखरेललाई मोदीको सुझाव

जनवाच
३ महिना अगाडी

काठमाडौं । सहकारी प्रकरणमा मुछिएका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पदबाट राजीनामा दिन नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सुझाव दिएका छन्। सोमबार बसेको लेखा समिति बैठकमा माओवादी नेता मोदीले पोखरेललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।

मोदीले लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउनका लागि समेत सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने बताए ।

उनले भने, ‘चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ । तपाइँ आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छायाँ यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।’

विगतका कतिपय गलत अभ्यासलाई देखाएर गलत अभ्यासलाई नै निरन्तरता दिन राम्रो नहुने भन्दै मोदीले लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिँदा राम्रो हुने बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ