+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी ठगी

रवि लामिछाने विरुद्ध २७ करोड ८९ लाख रुपियाँ बिगो मागदाबी सहित जिल्ला अदालत कास्कीमा मुद्दा दायर

सांसद पदबाट निलम्बन गर्न माग पत्र

जनवाच
३ महिना अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध प्रहरीले तीनवटा गम्भीर मुद्दामा जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर गरेको छ । सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै प्रहरीले २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी सहित जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर गरेको हो ।

योसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेलाई तत्काल निलम्बन गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले संसद सचिवालयलाई पत्र समेत काटेको छ ।
‘प्रस्तुत विषयमा चन्द्रकान्त लामिछानेको नाति, लालाचन्द्र लामिछाने र नन्द कुमारी लामिछानेको छोरा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं। ६ बौद्ध महाकाल स्थायी वतन भई हाल जिल्ला काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ हात्तिगौडा बस्ने चितवन जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा मिति २०८१।०९।०७ गते आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पुरक अभियोगपत्र (दर्ता नं. २०८१–सीएल–०४३५) दर्ता भएको ब्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीको लागि अनुरोध गरिएको छ भन्ने जिल्ला सरकारी वकिल कार्यालय कास्कीको च.नं. १४६३ मिति २०८१।०९।०७ गतेको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त पत्र यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिएको छ’ प्रहरी संसद सचिवालयमा पठाएको पत्रमा भनिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ