+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल विश्व विद्यालयको कुलपतिमा डा.लोहनी नियुक्त

जनवाच
३ महिना अगाडी

काठमाडौं । नेपाल विश्व विद्यालयको कुलपतिमा डा.बिन्दुनाथ लोहनी नियुक्त भएका छन् । नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषदको पहिलो बैठकले डा.लोहनीलाई विश्वविद्यालयको कुलपतिमा नियुक्त गरेको हो ।

नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार संरक्षण परिषद्का मनोनित सदस्यहरु मध्येबाट विश्व विद्यालयको कुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ ।

सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गर्नु गरेका डा।लोहनिले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन्।

नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेशागत जीवन सुरु गरेका डा।लोहनी एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एशियाली विकास बैंकमा विभिन्न महत्वपूर्ण पदमा ३० वर्ष कार्यरत रहेका थिए । पछिल्लो चरणमा एसियाली विकास बैंकको उपाध्यक्षको जिम्मेवारीमा रहेका डा.लोहनीले नेपाल विश्व विद्यालयको कुलपति बन्ने अवसर पाएका हुन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ