+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिवम् सिमेन्ट

शिवम् सिमेन्ट : जसले जित्दैछ आम उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास

मनिता कोइराला
४ महिना अगाडी

काठमाडौं । ‘सिमेन्ट जस्तै नाम उस्तै’ शिवम् सिमेन्टले आफुलाई सिमेन्टको दुनियाँमा अब्बल स्थापित गरिसकेको छ । सबैको पहिलो रोजाइमा पर्ने शिवम् सिमेन्टले आफुलाई शेयर बजारको आकर्षक लगानीको कम्पनीमा पनि स्थापित गराइसकेको छ । आकर्षक व्यापारसहितको मुनाफाले आम लगानीकर्ताहरु कम्पनीप्रति उत्साहित छन् । जुन आकर्षण यो वर्ष थप बढ्ने प्रायः निश्चित छ ।

शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा नै १ करोड २७ लाख रुपैयाँबढी नाफा कमाएर आफुलाई अरुभन्दा अब्बल प्रमाणित गरेको छ । यत्तिको नाफा अरु सिमेन्ट कम्पनीहरुले हालसम्म कमाउन सकेका छैनन् । नेप्सेमा सूचीकृत अन्य तीनवटा सिमेन्ट कम्पनी अझैं घाटामा नै छन् ।

शिवम् सिमेन्टले अघिल्लो वर्षको असोज मसान्तसम्म ५ करोड ३४ लाख रुपैयाँ घाटामा व्यहोरेको थियो । तर, यो वर्षको शुरुवातमा नै कम्पनीले यो हदको प्रगति गर्नुले लगानीकर्ताहरुमा पक्कै आशा जगाएको छ ।

प्रगतिको कारण

समीक्षा अवधिमा कम्पनीको खास नाफा बढ्नुमा अतिरिक्त आम्दानी बढ्नु रहेको छ । यसका साथै कम्पनीले आफ्नो खर्चमा गरेको सुधार र बिक्री लागत कम हुनुले पनि कम्पनीको समग्र वित्तीय स्थितिमा सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानीमा व्यापक सुधार आउँदै १० करोड ५७ लाख रुपैयाँ पुगेको छ भने बिक्री लागत घटेर १ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा अन्य आम्दानी २ करोड १२ लाख रुपैयाँ बराबर मात्र गरेको थियो भने बिक्री लागत १ अर्ब ४५ करोडमाथि व्यहोरेको थियो । तथापि, समीक्षा अवधिमा कम्पनीले सिमेन्ट बिक्रीबाट गर्ने आम्दानी भने १ अर्ब ६२ करोडबाट घटेर १ अर्ब ४० करोड रुपैयाँमा झरेको छ ।

यता, कम्पनीको जगेडा तथा अन्य कोषहरु पनि अरु सिमेन्ट कम्पनीहरुको भन्दा धेरै राम्रो स्थिति छ । कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको थियो । सोही प्रिमियममा संकलन गरेको रकम सेयर प्रिमियममा जम्मा छ । जस अनुसार कम्पनीले शेयरधनीलाई १९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्षम रहेको देखिन्छ ।
त्यसो त सिमेन्ट कम्पनीहरुमा शिवम् सिमेन्टको प्रतिसेयर आम्दानी मात्र धनात्मक छ ।कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.२८ रुपैयाँ रहेको छ । यस कम्पनीले गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी छ । गत वर्षको रिपोर्ट अनुसार यसको लाभांश क्षमता डबल डिजिटमा देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी तथा अन्य कोषहरु

शिवम् सिमेन्टको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ छ । आव २०७७–७८ मा ४ अर्ब ४० करोड रुपैयाँ पुँजी थियो । सेयर प्रिमियममा कम्पनीको ९५ करोड ६२ लाख रुपैयाँ जम्मा छ । जुन आइपीओ बिक्रीबाट संकलन भएको हो । सोही रकमबाट यसले सेयरधनीलाई लाभांश दिन मिल्छ । अदर रिजर्भमा ३ अर्ब ५३ करोड १८ लाख रहेको छ ।

सन् २००३ मा स्थापना भएको नेपालको एक प्रमुख सिमेन्ट उत्पादक कम्पनी जसले २०११ बाट व्यावसायिक रुपमा उत्पादन सुरु गरेको हो । कम्पनीले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । त्यसो त पछिल्लो समय भारतमा समेत सिमेन्ट निर्यात गर्न थालेको कम्पनीले गत वर्ष मात्र १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट बिक्री गरेको दाबी गरेको छ ।
कम्पनले ३ महिनामा १ अर्ब ४० करोडको सिमेन्ट बिक्री गरेको छ । गत वर्ष ७ अर्ब ७० करोडको सिमेन्ट बिक्री गरेको थियो ।

शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडको ओर्डिनरी पोर्टल्याण्ड सिमेन्ट उत्पादन गर्छ । जुन नेपाल स्टान्डर्ड (एनएस) ५७२ अनुसार छ । कम्पनीले सन् २०१९ मा एनएस गुणस्तर पुरस्कार समेत प्राप्त गर्न सफल भयो।

शिवम् सिमेन्टले चिनियाँ कम्पनी होङ्शी होल्डिङ्ससँगको साझेदारीमा होङ्शी शिवम् सिमेन्टमा ३० प्रतिशतको हिस्सेदारी हिस्सा समेत राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मनिता कोइराला

ट्रेन्डिङ