+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

अमेरिकाबाट डिपोर्ट गरिएका नेपाली ढाका हुँदै नेपाल आउँदै

जनवाच
६ घण्टा अगाडी

२५ जेठ, काठमाडौं —अमेरिकाबाट डिपोर्ट गरिएका झण्डै ४० जना नेपाली आज काठमाडौं आइपुग्ने भनिएपनि निर्धारित समयभन्दा ढिलाइ भएको छ। उनीहरू दिल्ली र ढाका हुँदै नेपाल आउँदै गर्दा प्राविधिक कारणले ढिलाइ भएको अध्यागमन विभागले जनाएको छ।

नेपाल फर्काइएका अधिकांश नेपाली अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। कसैले डिभी वा अन्य वीजा प्रक्रियाको दुरुपयोग गरे, त कसैले दलालमार्फत लाखौं बुझाएर जोखिमपूर्ण बाटो रोजे।

सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्र अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ। ट्रम्पको दोस्रो कार्यकालसँगै आप्रवासीमाथिको नीति झनै कडिएको छ।

डिपोर्ट भएपछि काठमाडौं आइपुगेका नेपालीलाई अध्यागमनले सामान्य सोधपुछ गर्छ। यदि कसैले दलालविरुद्ध उजुरी गरे, भनेमात्र अनुसन्धान अघि बढ्छ। अन्यथा, उनीहरूलाई घर जान दिइन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ