काठमाडौं, जेठ २५ – नेपालमा अनलाइन किनमेलको अनुभव दिनप्रतिदिन परिष्कृत बन्दै गएको छ । यही धारलाई बलियो बनाउने उद्देश्यसहित स्मार्टफोन निर्माता कम्पनी भिभोले दराजको ६.६ मिड–इयर सेल मा ग्राहकहरूका लागि नयाँ अनुभव ल्याएको छ, जहाँ मोबाइल मात्र होइन, गिफ्ट पनि प्याकेज हुनेछन्। जुन ६ देखि १० सम्म चल्ने यो अभियानमा ग्राहकहरूले भिभो स्मार्टफोन किनेर निःशुल्क भिभो बड्स, एप्रो १० इयरबड्स, क्लिपबड्स जस्ता अडियो उपकरण पाउनेछन्, जसले गर्दा “एक किनेर दुई पाउने” अवधारणा झल्किन्छ। भिभोका अनुसार, केवल छुटको लोभ मात्र होइन, यो अफरले गुणस्तर, प्रविधि र ग्राहक सन्तुष्टि लाई एउटै फ्रेममा अटाउने कोसिस गरेको छ। भिभोले आफ्नो लोकप्रिय स्मार्टफोन Y19s मा रु. १,००० सम्मको छुट दिएको छ भने भिभो बड्समा ३३% छुट सहित केवल रु. ३,९९९ मा उपलब्ध गराएको छ। यस्ता अफरहरू युवापुस्ताका लागि विशेष आकर्षण बन्न पुगेका छन्, जसले अनलाइन किन्दा अतिरिक्त मूल्यका साथ अनुभव पनि खोजिरहेका हुन्छन्। भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनाल भन्छन्, हामी त्यही उपस्थित हुन चाहन्छौं, जहाँ हाम्रा ग्राहकहरू किनमेल गर्छन्। दराजमार्फत भएको यो सहकार्य हाम्रो डिजिटल उपस्थिति बलियो बनाउने एउटा महत्वपूर्ण कदम हो।