+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य/जीवनशैली

अनधिकृत सौन्दर्य क्लिनिक, पार्लर र सैलुनहरूबाट हुँदै आएको: गैरवैज्ञानिक गतिविधि रोक्न माग

जनवाच
४ घण्टा अगाडी

काठमाडौं जेठ २५ –चिकित्सा होइन सौन्दर्यको नाममा चलिरहेको खतरनाक प्रयोगशाला ! यस्तै आरोपसहित छालारोग तथा यौनरोग विशेषज्ञहरू एकजुट भई सरकारसँग कडा कारबाहीको माग लिएर स्वास्थ्यमन्त्रीसमक्ष पुगेका छन्।

डर्माटोलोजिस्ट, भेनेरोलोजिस्ट र लेप्रोलोजिस्टहरुको साझा संगठनले शुक्रबार स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई भेटी चार बुँदे ज्ञापनपत्र बुझाउँदै छालासम्बन्धी उपचारको नाममा अनधिकृत सौन्दर्य क्लिनिक, पार्लर र सैलुनहरूबाट हुँदै आएको गैरवैज्ञानिक गतिविधि रोक्न माग गरेका हुन्।

डाक्टरहरूको भनाइमा, केही गैरचिकित्सकहरू आफैँलाई “स्किन स्पेसलिस्ट” भन्दै संवेदनशील उपचार प्रक्रिया—जस्तै इन्जेक्सन, औषधि, लेजर, प्लाज्मा थेरापी—जस्तामा लापरवाहीपूर्वक संलग्न छन्। यसको प्रत्यक्ष असर बिरामीको छालामा स्थायी दाग, संक्रमण, पतलो छाला, र केही अवस्थामा जीवन नै संकटमा पर्ने किसिमका घटनासमेत देखिन थालेको छ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. रूपक घिमिरेसहितको टोलीले यस्तो गैरकानुनी गतिविधिमा संलग्नहरूलाई नियन्त्रण गर्न काउन्सिल, औषधि व्यवस्था विभाग र स्थानीय प्रशासनलाई पटक–पटक जानकारी गराउँदासमेत प्रभावकारी कदम चालिएको छैन भन्ने गुनासो व्यक्त गरे।

चिकित्सकहरूको टोलीले मन्त्रीसमक्ष राखेको चार मागमा (१) अनधिकृत क्लिनिकहरूको छानबिन, (२) दोषीमाथि कडा कारबाही, (३) नियामक निकायबीच समन्वय, र (४) देशभर कडा निगरानी प्रणाली स्थापनाको प्रस्ताव समेटिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ