काठमाडौं । सरकारले ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन तथा बिक्री गर्ने भएको हो ।
कार्यालयले पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र–२०८६ निष्कासन गर्न लागेको हो । बचतपत्र मंसिर १३ गतेदेखि ढिलोमा पुस १४ सम्म खुला रहनेछ । कार्यालयले वार्षिक ८.५ प्रतिशत ब्याजदर रहेको बचतपत्र न्यूनतम १० हजार रुपियाँदेखि अधिकतम १० हजार रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरेको रकमसम्म लगानीकर्ताले खरिद गर्न पाउनेछन् ।
वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीले लगानी गर्न पाउने कार्यालयले जनाएको छ । बचतपत्रमा वैदेशिक रोजगारी गरिरहेका, नेपाल फर्केको ६ महिना नबितेका, गैरआवासीय नेपाली र तिनका परिवारले लगानी गर्न पाउने कार्यालयले जनाएको छ ।
बचतपत्रमा लगानी गर्नेले अर्धवाषिर्क रूपमा ब्याज भुक्तानी पाउनेछन् ।