+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंमा जाडो बढ्दै, न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झर्यो

जनवाच
४ महिना अगाडी

काठमाडौं। मंसिर मध्य हुँदैगर्दा काठमाडौंमा जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान काठमाडौं उपत्यकाको तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ।
विभागका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बिच रहने प्रक्षेपण रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ