+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आजको विनिमयदर : डलरको भाउ घट्यो तर यूरोको बढ्यो

जनवाच
४ महिना अगाडी

काठमाडौं । आज २०८१ मंसिर ११ गते, नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलरको मूल्य घटेको छ भने युरो र पाउन्ड बढेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३४.५७ रुपैयाँ र बिक्री दर १३५.१७ रुपैयाँ तोकिएको छ । हिजो भने खरिद १३४.८२ रुपैयाँ र बिक्री १३५.४२ रुपैयाँ थियो ।

त्यस्तै अघिल्लो कारोबार दिनमा युरो १ बराबर खरिद मूल्य १४०.४६ रुपैयाँ र बिक्री मूल्य १४१.०८ रुपैयाँ रहेकामा यसदिन खरिद १४१.०८ रुपैयाँ र बिक्री १४१.७१ रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

मंगलबारका लागि पाउन्ड १ को खरिद दर १६९.२० रुपैयाँ र बिक्री १६९.९६ रुपैयाँ छ । अघिल्लो दिन खरिद १६८.९६ रुपैयाँ र बिक्री १६९.७२ रुपियाँ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ