+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंको आय/व्यय

काठमाडौं महानगरपालिको चार महिनाको बजेट खर्च १३ प्रतिशत मात्र, आम्दानी ३ अर्ब १६ करोड

जनवाच
५ महिना अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चार महिनामा १३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । महानगरपालिकाले आर्थिक वर्षका लागि कूल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बजेट ल्याएको छ । जसमध्ये ढलरहित नदीनाला सुधार तथा व्यवस्थापन योजनका लागि ३ अर्ब ८० करोड थप ३० स्वर्णिम योजनालाई २ अर्बको बजेट घोषणा भएको थियो ।

बजेटमार्फत महानगरपालिकाले थपेको गौरवका योजना र स्वर्णिम योजना बाहेक २ अर्ब ७० करोड ३३ लाख ८० हजार खर्च गरेको हो । महानगरले थप ११ गौरवका योजना र ३० स्वर्णिम योजना बाहेक २० अर्ब ३७ करोड २७ लाख खर्च गर्ने लक्ष्य राखेको थियो ।

समीक्षा अवधिमा महानगरले आर्थिक विकासतर्फ ७३ करोड ३३ लाख ७१ हजारमध्ये ११ करोड २० लाख ७० हजार खर्च गरेको छ । जुन १५.२८ प्रतिशत हो ।
यस्तै सामाजिक विकासतर्फ विनियोजन भएको ४ अर्ब ९९ करोड ६८ लाखमध्ये ७.७२ प्रतिशत अर्थात् ३८ करोड ५६ लाख ३४ हजार खर्च भएको छ । सबैभन्दा धेरै बजेट रहेको पूर्वाधारतर्फ ७ अर्ब ६२ करोड ५० लाख ११ हजारमध्ये ७८ करोड ६२ लाख ३४ हजार अर्थात् १०.३१ प्रतिशत खर्च गरेको छ ।

त्यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २ अर्ब ९६ करोड ५८ लाखमध्ये ५.५३ प्रतिशत अर्थात महानगरको १३ करोड ३८ लाख ७४ हजार खर्च भएको देखिन्छ । महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १ अर्ब २५ करोड ५५ लाख ६५ हजार खर्च भइसकेको छ । जुन विनियोजित बजेट ४ अर्ब ५ करोड १५ लाखको ३०।९९ प्रतिशत हो ।

आम्दानी

काठमाडौं महानगरले यता आम्दानी (राजस्व संकलन) पनि एक चौथाइ गरेको छ । आर्थिक वर्षका लागि कूल १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य लिएकोमा कात्तिक मसान्तसम्म महानगरपालिकाले ३ अर्ब १६ करोड ७८ लाख ११ हजार अर्थात् लक्ष्यको २४.५४ प्रतिशत उठाउन सफल भएको हो ।
२५ अर्ब ७० करोड ६३ रुपैयाँको बजेट ल्याउँदा महानगरसँग ११ अर्ब ३० करोडभन्दा बढी मौज्दात थियो । त्योबाहेक महानगरले बजेटमा राखेको लक्ष्यमा २४.५४ प्रतिशत उठाउन सफल भएको हो । महानगरले साउनदेखि कात्तिक मसान्तसम्म आन्तरिक राजस्व लक्ष्यको २४.७७ प्रतिशत उठाएको छ । आन्तरिक राजस्व ८ अर्ब ३ करोड ५७ लाख लक्ष्य राखेकोमा १ अर्ब ९९ करोड ४६ लाख उठाएको हो ।

आन्तरिक राजस्वतर्फ सबैभन्दा धेरै ९४ करोड ८५ लाख रुपैयाँ घरबहाल कर उठाएको छ । यस्तै सम्पत्ति कर ५० करोड ३१ लाख राजस्व महानगरले उठाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ