+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी ठगी

जहाज चढाएर आज रवि लामिछानेलाई पोखराबाट बुटवल लगिँदै

जनवाच
५ महिना अगाडी

काठमाडौं । सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बुटवल लगिने भएको छ । सोही सहकारी ठगीको मुद्दामा जिल्ला अदालत रुपनदेही (बुटवल) बाट समेत रवि विरुद्ध पक्राउ पुर्जी जारी भइसकेकोमा उनलाई थप अनुसन्धानका लागि बुटवल पठाउन लागिएको हो ।

बुद्ध एयरको जहाजमा आज बिहान भैरहवा विमानस्थल हुँदै बुटवल लगिने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिउको छ ।

सहकारी ठगी मुद्दामा रवि लामिछाने कात्तिक २ गते काठमाडौं स्थित रास्वपाको पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । कात्तिक ३ गते जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका लामिछानेमाथि अदालतले पटकपटक गरी चारपटक म्याद थप गरिसकेको छ ।

अन्तिम पटक १३ दिनका लागि हिरासतमा राखेर रविमाथि अनुसन्धान गर्न समय प्रहरीलाई अनुमति दिएकोमा थप अनुसन्धानका लागि बुटवल लगिने भएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ