+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक अर्ब ८३ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

जनवाच
५ महिना अगाडी

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब ८३ करोड २० लाख रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक वर्षका लागि उक्त रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले विभिन्न कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्न बैंकहरूसँग प्रस्ताव माग गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ४६ करोड ७० लाख, राष्ट्रियस्तरका विकास बैंकमा २७ करोड ४० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थामा ९ करोड १० लाख रुपियाँ निक्षेप जम्मा गर्न लागेको हो ।

राष्ट्र बैंकका उक्त रकम ३९३ दिन अर्थात् १९ नोभेम्बर २०२४ देखि १६ डिसेम्बर २०२५ सम्मका लागि मुद्दतीमा राखिनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित कात्तिक २७ गते राति १२ बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ