+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेफ्स एशोसिएशन अफ नेपालले गर्‍यो पैचो पसललाई सम्मान

जनवाच
५ महिना अगाडी

काठमाडौं । ग्रमीण क्षेत्र र विषेश गरी उच्च पहाडी क्षेत्रमा उत्पादन हुने कृषि उपजलाई शहरसम्म पुर्‍याइरहेको कम्पनी पैचो पसललाई सेफ्स एसोसिएसन अफ नेपालले सम्मान गरेको छ । सेफ्स एशोसिएशन अफ नेपालको २९ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित ‘नेपाली मौलिक खानाको प्रदर्शन’ कार्यक्रममा पैचो पसल सम्मानित भएको हो ।

‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने अभियानका साथ गुल्मीको रुरुको बलेटक्सारमा पैचोको प्रसोधन केन्द्र रहेको छ । पैचो पसलले नेपाली तारे होटलदेखि रेष्टुरेन्टको लागि आवश्यक कृषि उपजबाट बन्ने केचप, जामदेखि विभिन्न स्वादका अचार, गुन्द्रक, कोदोको पिठो लगायतका उत्पादन गर्दै आएको छ । नेपाली उत्पादन तारे होटल ग्राहकलाई पुर्‍याएको र सेफ्स एशोसियशनसंग नजिक भएर लामो समयदेखि सहकार्य गरेको भन्दै सम्मान गरेको हो ।

१० वर्षदेखि गुल्मीका किसानसंग सहकार्य गरेर अगाडी बढेको पैचोका उत्पादनप्रति सेफ्सहरु समेत सन्तुष्ट देखिएका छन् । सेफ्स एशोसियशन अफ नेपालका अध्यक्ष रेशमबहादुर लामाले पैचोले नेपाली स्वादका लागि पैचोको अग्रणी भूमिका निवार्ह गरेको बताए ।

सोही अवसरमा उनले पैचोको उत्पादन प्रयोगले स्वदेशी उद्योगलाई समेत सहयोग पुग्ने बताए । नेपाली कम्पनीलाई स्वागत तथा सम्मान गर्न पाउदाँ खुसी व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ