काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा तनेबोडी र करेलाको मूल्य बढेको छ । आज तनेबोडीको मूल्य प्रतिकिलो १४५ रुपियाँ कायम भएको छ । हिजो ११५ मा बिक्री भएको तनेबोडी आज ३० रुपियाँले बढेको हो ।
त्यस्तै, अघिल्लो दिन करेला ६५ रुपियाँमा किनबेच भएको थियो । यसदिन ३० रुपियाँ नै बढेर ९५ रुपियाँ पुगेको छ ।
कालिमाटीमा शुक्रबार गोलभेंडा ८५, लोकल गोलभेंडा ४०, रातो आलु ८३, प्याज १२२, काउली ६५, लौका ३५ र घिरौंला ५५ रुपियाँ किलोमा कारोबार भइरहेको छ ।
त्यस्तै घिरौंला किलोमा १० रुपियाँले घटेको छ । हिजो ६५ रुपियाँ रहेको घिरौंला आज ५५ मा झरेको छ ।

