काठमाडौं, १८ जेठ — राजधानीको संवेदनशील क्षेत्र नारायणचौर–बालुवाटार मार्गमा निषेधाज्ञा उल्लंघन प्रयास गर्दै अघि बढेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ। शान्तिपूर्ण विरोध प्रदर्शनको तयारीमा रहेको राप्रपा नेपाल समूह नक्सालबाट बालुवाटारतर्फ अघि बढ्न खोज्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। निषेधित क्षेत्रमा आन्दोलन गर्न खोजिएको भन्दै प्रहरीद्वारा पक्राउ गरिएकाहरूलाई काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ।