काठमाडौं, ८ जेठ- सेयर बजारमा सक्रिय लगानीकर्ताहरूका लागि एउटा महत्वपूर्ण सूचना आएको छ। मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो ग्राहकहरूलाई ‘केवाईसी’ अद्यावधिक नगरे कारोबारमा समस्या आउन सक्ने चेतावनी दिएको छ। क्यापिटलले मुक्तिनाथ बैंक र लुम्बिनी विकास बैंकका विभिन्न शाखाबाट हितग्राही खाता (Demat Account) खोलेका तर हालसम्म केवाईसी फारम अद्यावधिक नगरेका ग्राहकहरूलाई तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।