+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

अमेरिकाका पूर्व राष्ट्रपति बाइडेनलाई गम्भीर क्यान्सर, ट्रम्प र ह्यारिसले गरे स्वास्थ्य लाभको कामना

जनवाच
११ घण्टा अगाडी

५ जेठ, काठमाडौं —अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेन गम्भीर प्रकृतिको प्रोस्टेट क्यान्सरबाट पीडित भएको पुष्टि भएको छ। उनको स्वास्थ्य अवस्था सार्वजनिक भएसँगै राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसले सहानुभूति प्रकट गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै गत साता गरिएको पिसाब परीक्षणपछि उनलाई ‘उच्च–ग्रेड’ प्रोस्टेट क्यान्सर भएको पुष्टि गरिएको जनाएको छ। मेडिकल परीक्षणमा क्यान्सरको ग्लेसन स्कोर ९ देखिएको छ, जुन यस रोगको निकै आक्रामक अवस्था मानिन्छ। क्यान्सर अहिले हड्डीसम्म फैलिसकेको बताइएको छ।

बाइडेनको क्यान्सरलाई हर्मोन-सेन्सिटिभ क्यान्सरको रूपमा वर्णन गरिएको छ, जसको अर्थ, यो उपयुक्त उपचारले नियन्त्रणमा आउन सक्ने खालको हो। उनका परिवार र चिकित्सकहरू अहिले उपचारको विभिन्न विकल्पहरूबारे छलफल गरिरहेका छन्।

विगतमा कडा राजनीतिक भिडन्त गरेका डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत बाइडेनको स्वास्थ्य खबरले आफूलाई दुःखी बनाएको जनाउँदै भने, “हामी जिल र परिवारलाई हार्दिक शुभकामना दिन्छौं र जो बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”

पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि एक्स (पूर्व ट्विटर) मा लेख्दै आफू र उनका पति डग एम्होफले बाइडेन परिवारका लागि प्रार्थना गरिरहेको बताएकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ