+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

डलरसहित प्रमुख मुद्राको दर फेरि बढ्यो, विदेशी मुद्रा आज कति ?

जनवाच
९ घण्टा अगाडी

काठमाडौं –नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरदेखि युरोपियन युरो, पाउण्ड स्टर्लिङ्ग, चिनियाँ युआन लगायतका प्रमुख मुद्राहरूको साटफेर दरमा सामान्य वृद्धिको संकेत देखिएको छ।

आजका लागि अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ५२ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ। वैश्विक बजारमा डलरको उच्च मूल्य स्थिर रहँदा नेपालमा यसको असर देखिएको हो।

राष्ट्र बैंकका अनुसार युरोपियन युरोको खरिद दर १५२ रुपैयाँ ४० पैसा र बिक्री दर १५३ रुपैयाँ ०७ पैसा कायम छ। त्यस्तै युके पाउण्ड स्टर्लिङको खरिद दर १८१ रुपैयाँ २२ पैसा र बिक्री दर १८२ रुपैयाँ ०२ पैसा पुगेको छ।

यात्रा, आयात र अन्तर्राष्ट्रिय भुक्तानीमा प्रयोग हुने मुद्राहरूको मूल्यमा आएको वृद्धिले सर्वसाधारण र व्यवसायीक क्षेत्रलाई सीधा असर गर्ने देखिन्छ। विशेषगरी डलर महँगो हुँदा आयात महँगो पर्न जान्छ भने रेमिट्यान्समा केही राहत देखिन सक्छ।

जापानी येन (१० येन) को खरिद दर ९ रुपैयाँ ३७ पैसा, बिक्री दर ९ रुपैयाँ ४२ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९४ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम छ।

कतारी रियाल, साउदी रियाल, युएई दिराम र ओमनी रियालजस्ता खाडी मुलुकका मुद्राहरूको साटफेर दर पनि आज स्थिर देखिएको छ। यसले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका परिवारलाई अप्रत्यक्ष राहत दिनेछ।

राष्ट्र बैंकले उल्लेख गरेअनुसार, यो विनिमय दरलाई आवश्यकताअनुसार कुनै पनि बेला परिमार्जन गर्न सकिने छ भने वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक पर्न सक्ने जनाइएको छ।

विदेशमा पढाइ, स्वास्थ्य उपचार, आयात-निर्यात वा यात्रा योजनामा रहेका नेपालीले नियमित दर हेरिरहनुपर्ने र राष्ट्र बैंकको वेबसाइटबाट अद्यावधिक जानकारी लिन सुझाव दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ