+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

नेतृत्व फेरिन साथ समस्या आएको होइन: हितेन्द्रदेव शाक्य

जनवाच
६ घण्टा अगाडी

काठमाडौं — पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको विद्युत् अवरोधबारे सरकार गम्भीर देखिएको छ। मन्त्रालयस्तरीय अध्ययन समितिसमेत गठन भइसकेको जनाउँदै हितेन्द्रदेव शाक्य भने, यो समस्या नेतृत्व फेरिन साथ आएको होइन, विगत चैत–बैशाखमा पनि यस्ता समस्या पटक–पटक देखा परेका थिए।”

उनका  अनुसार उद्योगधन्दा लगायतका क्षेत्रमा लोडसेडिङले असर पारेको महसुस गर्दै सरकारले भारतबाट महँगो मूल्यमा भए पनि विद्युत् आयात गरेर समस्या समाधान गर्ने नीति लिएको छ। “घाटा लाग्छ भनेर हामी विद्युत् आपूर्ति रोक्न सक्दैनौं, हामी नाफाका लागि होइन, सेवा प्रवाहका लागि जिम्मेवार छौं।

उनले निजी क्षेत्रको तुलनामा सरकारको भूमिका फरक रहेको उल्लेख गर्दै राष्ट्रहितलाई प्राथमिकतामा राखेर निर्णय लिइएको बताए। विद्युत् संकट समाधानका लागि बनाइएको समितिको सुझाव अनुसार दीर्घकालीन उपायमा समेत सरकार अघि बढ्ने छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ