+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूबारे प्रधानमन्त्री ओली मंगलबार राष्ट्रिय सभामा दिनेछन् जवाफ

जनवाच
९ घण्टा अगाडी

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल संघीय संसद्मा आजदेखि सुरु हुँदैछ। छलफलको क्रमसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिने तयारी गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे आज र भोलि राष्ट्रिय सभामा विस्तृत छलफल हुनेछ। यसैबीच, प्रधानमन्त्री ओलीले भोलि (मंगलबार) संसद्‌मा उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै सरकारको योजना र कार्यदिशाबारे स्पष्ट धारणा राख्ने छन्।

आज दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ। त्यसपछि नीति तथा कार्यक्रममाथिको औपचारिक बहस थालिनेछ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची पनि भोलिकै दिनको क्यालेन्डरमा रहेको छ। प्रधानमन्त्रीको जवाफपछि नै नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ