+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

पूर्वाधारमा गति होइन, समन्वय चाहिएको छ : मन्त्रीको दौडधूपमा स्थानीयको गुनासो

जनवाच
६ घण्टा अगाडी

काठमाडौं।पूर्वाधार विकासमा सरकारले तिब्रता दिएको दाबी गरिरहँदा स्थानीयबासी अझै खोलाको बाढी र अधुरो सडकको समस्यामा अल्झिरहेका छन्। आइतबार कपन क्षेत्रमा सडक अनुगमन गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले “विकासले गति लिएको” घोषणा गरे पनि स्थानीयले भने माग सुनुवाइको ढोका अझै खुल्न बाँकी रहेको बताएका छन्।

कपनका बासिन्दाले खोलाको व्यवस्थापन र सडक निर्माणमा सरकारी ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका छन्। मन्त्री दाहालले सबै निकायबीच समन्वय गरी माग सम्बोधन गरिने आश्वासन दिए पनि त्यही समन्वयको अभावकै कारण धेरै योजना अलपत्र परेको स्थानीयको भनाइ छ।

मन्त्री दाहालले गठबन्धनको विश्वास र सहकार्यले पूर्वाधार विकासमा तिव्रता आएको बताए। तर, विकासको ‘गति’ को दाबी भइरहँदा केही किलोमिटरको सडक बर्सेनि हिलो र धुलोमा अल्झिनु विरोधाभासी देखिन्छ।

देशका धेरै राजमार्ग स्तरोन्नतीको चरणमा रहेको भन्दै मन्त्रीले वर्षायामलाई लक्षित गर्दै सम्बन्धित निकायलाई “यातायात अवरुद्ध हुन नदिन” निर्देशन पनि दिएका छन्। तर, निरन्तर अनुगमन र गुणस्तरीय कामको माग गरिएको अवस्था अहिले पनि कागजी निर्देशनमै सीमित रहने त होइन भन्ने शंका जनस्तरमा छ।

मन्त्रीको निरीक्षण टोलीमा संघीय सडक सुपरीवेक्षण कार्यालय, डिभिजन कार्यालय लगायतका उच्च अधिकारीहरूको उपस्थिति थियो। साथै, कपनस्थित त्रिवेणीचोकमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेकपा एमाले नेता राजन भट्टराई, सांसद शान्ति श्रेष्ठ, प्रदेश सांसद जयराम थापासमेत सहभागी थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ