+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य

चिकित्सक संघ र सरकारबीच सहमति आन्दोलन स्थगित

जनवाच
१७ घण्टा अगाडी

काठमाडौं, २० वैशाख — लामो समयदेखि जारी आवासीय चिकित्सकहरूको आन्दोलन अन्ततः सरकार र चिकित्सक संघबीचको संवादमार्फत सहमति जुटेपछि स्थगित भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र नेपाल चिकित्सक संघ बीचको छलफलले चिकित्सा शिक्षा क्षेत्रको समस्यालाई वार्ताबाट सुल्झाउने दिशामा महत्वपूर्ण प्रगति गरेको हो।

छलफलपछि दुवै पक्षबीच चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङ प्रक्रिया तत्काल अघि बढाउने, र अन्य मागहरू कार्यदलमार्फत सम्बोधन गर्ने सहमति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले आफ्नो क्षेत्राधिकारभित्रका विषय तत्काल समाधान गर्ने र बाँकी विषयमा चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिनेछ।

सहमति पश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पौडेलले चिकित्सकहरूको आन्दोलन समाधानतर्फ उन्मुख भएकोमा सन्तोष व्यक्त गर्दै सरकारले सम्झौताको पूर्ण कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए। “प्रतिष्ठानअन्तर्गतका कलेजहरू पनि म्याचिङ प्रक्रिया लागू गर्न तयार भएका छन्,” मन्त्री पौडेलले बताए, “आवासीय चिकित्सकहरू पुनः कार्यस्थलमा फर्किएका छन्, जुन स्वागतयोग्य कुरा हो।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ