+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राप्रपा नेपाल आज सडकमा : आस्थाका बन्दी रिहाइ माग गर्दै काठमाडौंमा शक्ति प्रदर्शन

जनवाच
११ घण्टा अगाडी

काठमाडौं, १५ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) आज काठमाडौंमा “आस्थाका बन्दी” भन्दै पक्राउ परेका आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्दै सडकमा उत्रिँदैछ।

कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले दिउँसो १ः३० बजे भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा बृहत् जनप्रदर्शन गर्ने तयारी गरेको छ। गत चैत १५ गते तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनमा देखिएको हिंसात्मक घटनापछि पक्राउ परेका उपाध्यक्ष रविन्द्र मिश्रसहित ६४ जना कार्यकर्ताको रिहाइका लागि दबाब दिन राप्रपा नेपालले यो प्रदर्शन आह्वान गरेको हो।

अध्यक्ष कमल थापाले पक्राउ परेकालाई अपराधी नभई राष्ट्र, धर्म र राजसंस्थाप्रति आस्थावान नागरिकको रूपमा व्याख्या गर्दै सम्पूर्ण राष्ट्रवादीहरूलाई उनीहरूको रिहाइका लागि एकताबद्ध हुन आह्वान गरेका छन्।

यता, संयुक्त जनआन्दोलन समितिले पनि राप्रपा नेपालको आन्दोलनमा पूर्ण समर्थन रहेको जनाएको छ। समितिका अध्यक्ष नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै आम नागरिकलाई राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।

राप्रपा नेपाल र सहयोगी संघसंस्थाले आजको प्रदर्शनलाई ऐतिहासिक बनाउन राजधानीभर आह्वान गरिरहेका छन्। राजधानीको सुरक्षालाई लिएर प्रहरी प्रशासनले विशेष सतर्कता अपनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ