काठमाडौं, १५ वैशाख- नेपालको प्रविधि विकास यात्रामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको डाइनामिक टेक्नोसफ्टले १६ औँ वर्षमा प्रवेश गर्दै आफ्नो सेवा दुबई, मलेसिया र इन्डोनेसिया सम्म विस्तार गर्ने घोषणा गरेको छ। सन् २०१० मा वीरगञ्जबाट सुरुवात गरेको यो कम्पनीले छोटो समयमा नेपाल, भारत र जापानमा गरी २२०० भन्दा बढी ग्राहकहरूको विश्वास जित्न सफल भएको छ। शिक्षा, स्वास्थ्य, निर्माण र सेवा क्षेत्रका लागि अत्याधुनिक ईआरपी समाधान प्रदान गर्दै आएको डाइनामिक टेक्नोसफ्ट अहिले नेपालकै पहिलो आन्तरिक राजस्व विभागद्वारा प्रमाणित ईआरपी प्रदायक कम्पनीका रूपमा स्थापित छ। विश्वास र प्रतिबद्धताको १५ वर्षे यात्राडाइनामिक टेक्नोसफ्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दीपक साहका अनुसार, “पछिल्लो १५ वर्षमा हामीले विश्वास, प्रतिबद्धता र निरन्तर नवप्रवर्तनको बलमा प्रविधि क्षेत्रमा नयाँ आयाम थपेका छौं। अब हाम्रो लक्ष्य अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली प्रविधिको पहिचान स्थापना गर्नु हो।” देशभर ५० भन्दा बढी आधिकारिक डिलर र १०० भन्दा बढी दक्ष प्राविधिकहरूसँग बलियो टिम रहेको कम्पनीले ८०० भन्दा बढी विद्यालय तथा कलेज र १०० भन्दा बढी अस्पताल तथा मेडिकल कलेजसँग सहकार्य गर्दै आएको छ। साथै, विभिन्न पालिकामा पनि यसको ईआरपी समाधान प्रभावकारी रूपमा प्रयोग भइरहेको छ। १६ औँ वर्ष प्रवेशको अवसरमा, कम्पनीले आफ्ना सम्पूर्ण सफ्टवेयर सेवाहरूमा सीमित अवधिका लागि १५ प्रतिशत छुट दिने विशेष अफर सार्वजनिक गरेको छ। अब कम्पनीले दुबई, मलेसिया र इन्डोनेसिया जस्ता मुलुकहरूमा सेवा विस्तार गर्दै आफ्नो अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्ने तयारी गरेको छ। यसले नेपाली प्रविधि उद्योगलाई विश्वस्तरमा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।