काठमाडौं, बैशाख ७ – आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो लोकप्रिय योजना “सरल सवाधिक जीवन बीमा” अन्तर्गत सशक्त र सफल अभिकर्तालाई सम्मान गर्ने क्रममा श्रीमती सुशिला रोकालाई सन् २०२५ का लागि योजना सद्भावना दूत (Product Ambassador) घोषणा गरेको छ। कम्पनीको काठमाडौंस्थित मुख्य कार्यालयमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ व्यवस्थापन, कर्मचारी तथा देशभरका अभिकर्ताहरुको उपस्थिति बीच रोकालाई औपचारिक रूपमा सम्मान गरियो। मासिक स्किम अन्तरगत उत्कृष्ट व्यवसायिक प्रदर्शन गरेकी रोकाले देशभरका अभिकर्ताहरुलाई उदाहरणीय प्रेरणा बनाउँदै यस सम्मान प्राप्त गरेकी हुन्। उक्त कार्यक्रममा रोकाको लागि विशेष प्रचार सामाग्री र ब्यानर पनि सार्वजनिक गरिएको थियो। कम्पनीको विश्वास अनुसार यस्तो सम्मानले अभिकर्ताहरुबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्ने र अझ प्रतिबद्ध भएर बीमा सेवा प्रदान गर्न प्रेरित गर्नेछ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काले आफ्नो सम्बोधनमा कम्पनीले अभिकर्ताहरुलाई आवश्यक तालिम, दक्षता र व्यक्तित्व विकासका अवसर दिँदै बीमितहरूलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो।