+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

कला मात्र होइन, नेपालीपनको आत्मा हो– प्रधानमन्त्री ओलीको प्रतिभावान प्रवासी नेपालीसँग संवाद

“यी युवा कलाकारहरू, जो संसारभर छरिएका छन्, उनीहरू नै हाम्रो पहिचानका संवाहक हुन्। राज्य यस्ता सिर्जनात्मक प्रयत्नहरूसँग सधैं सहकार्य गर्न तयार छ,” प्रधानमन्त्रीले भन्नुभयो।

जनवाच
६ घण्टा अगाडी

काठमाडौँ, वैशाख ७ – नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने अभियानमा समर्पित ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतिभावान प्रतियोगीहरूसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष भेटवार्ता गर्नुभयो।

२३ देशका नेपाली मूलका कलाकारहरूसँग भएको यो भेटमा प्रधानमन्त्री ओलीले “नेपाली भाषा, भेष, भाकालाई जहाँ पुगेर पनि जोगाउनु र अगाडि बढाउनु नै साँचो देशप्रेम हो” भन्दै प्रवासी नेपाली युवाहरूमार्फत संस्कृतिको समर्पित प्रतिनिधित्व भएकोमा प्रशंसा गर्नुभयो।

प्रधानमन्त्री ओलीले प्रवासी भूमिमा जन्मिए तापनि नेपाली कला, हाउभाउ, गीत–सङ्गीतप्रति गहिरो लगाव राखेर प्रस्तुत भइरहेका युवाहरूको “जनेटिक मोमोरी” मा नै नेपाली संस्कृतिको गन्ध रहेको टिप्पणी गर्नुभयो। उहाँले यस्तो अन्तर्राष्ट्रिय स्तरको सहभागिता सांस्कृतिक कूटनीतिको एक रूप भएको उल्लेख गर्नुभयो।

नेपाल टेलिभिजनमार्फत प्रसारित र इन्ट्रा फाउण्डेसनले सञ्चालित ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ श्रृङ्खलाले प्रवासी नेपाली युवा प्रतिभालाई प्लेटफर्म दिन सफल भएको भन्दै प्रधानमन्त्रीले आयोजक र सहभागीहरूलाई बधाई दिनुभयो।

इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीका अनुसार उक्त शृङ्खलामा नेपाल, भारत, भूटान, अमेरिका, बेलायत, अष्ट्रेलिया, दुबई, जापान, म्यान्मार, पोर्चुगल, मलेसिया, थाइल्यान्ड लगायतका देशमा रहेका नेपाली मूलका कलाकारहरूको सहभागीता रहेको छ।

प्रधानमन्त्री ओलीले नेपालीपनको भावनालाई लोप हुन नदिई, यसलाई आधुनिक प्रस्तुति र नयाँ पुस्तासँग समायोजन गर्ने यस्ता कार्यक्रमहरूलाई सांस्कृतिक उत्तराधिकारको संजीवनी भन्नुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ