+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नेप्सेमा ‘रेड एन्ड ग्रीन मिक्स’ : बजार सम्हालिएपनि अधिकांश समूह राताम्मे

जनवाच
१ हप्ता अगाडी

काठमाडौं – सोमबारको तीव्र गिरावटपछि नेपाली शेयर बजार (नेप्से) मंगलबार थोरै सम्हालिएको छ। तर, समग्र बजारमा ‘रेड एन्ड ग्रीन मिक्स’ देखिएको छ – सूचक बढेपनि अधिकांश समूह भने नकारात्मकमा नै रहे।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बजार ३.४४ अंकले अर्थात् ०.१२ प्रतिशतले बढेर २६६६.६१ अंकमा पुग्यो। कारोबारको हिसाबले हेर्दा बजारमा हल्का सुधार देखिएपनि सूक्ष्म विश्लेषण गर्दा धेरैजसो उपसमूहहरू अझै कमजोर अवस्थामा देखिए।

आज ३२१ कम्पनीका १ करोड ६ लाख ४३ हजार कित्ता भन्दा बढी शेयर किनबेच हुँदा कुल कारोबार ५ अर्ब ३० करोड रुपैयाँ नाघेको छ। सोमबारको तुलनामा कारोबार रकम केही घटेको हो, तर बजारमा उत्साहजनक सहभागिता देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ