काठमाडौं, चैत २६ — हामीले आकाशमा देख्ने ताराहरू, चम्किने त्यो सौन्दर्य कहिल्यै नअन्त्य हुनेजस्तो लाग्छ। तर, कुनै तारा यति विशाल हुन्छ कि उसको अन्त्य सँगै एउटा नयाँ शक्ति जन्मिन्छ — ब्ल्याक होल। र, अब वैज्ञानिकहरूले पहिलो पटक यस रहस्यमय शक्तिको अतीतमा झुल्को मालेका छन्। ब्रह्माण्डको सबैभन्दा रहस्यमय संरचनामध्ये एक, ब्ल्याक होल कसरी जन्मिन्छ भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा वैज्ञानिकहरूले ‘GRS 1655–40’ नामक बाइनरी प्रणालीको अध्ययन गरेका छन्। यो प्रणालीमा एक ब्ल्याक होल र यसको साथी तारा सँगै विद्यमान छन्, जसले ब्ल्याक होलको ‘बाल्यकाल’ बुझ्न नयाँ ढोका खोलिदिएको छ। नासाको चन्द्र एक्स–रे वेधशालाबाट प्राप्त २००५ डाटाको अध्ययनबाट वैज्ञानिकहरूले ब्ल्याक होल वरिपरि फैलिएका १८ रासायनिक तत्वहरू (जस्तै फलाम, सल्फर, सिलिकन) पत्ता लगाए। यी तत्वहरू कुनै समय अस्तित्वमा रहेको तारा विस्फोट भएर बाँकी रहेका प्रमाण हुन्। अनुसन्धानले देखाउँछ कि उक्त तारा सूर्यको तुलनामा २५ गुणा विशाल थियो। त्यसले सुपरनोभा विस्फोटसँगै आफ्नो अधिकांश द्रव्यमान अन्तरिक्षमा फ्याँक्यो, र बाँकी रहेको गह्रौँ कोर ब्ल्याक होलमा परिणत भयो। साथै, ब्ल्याक होलको छेउमै रहेको साथी तारा आज पनि त्यहीँ छ, एक प्रकारले उसले आफ्नो ‘जुनियर’ ब्ल्याक होलसँग सँगै यात्रा गरिरहेको छ। ब्ल्याक होलको जन्म प्रक्रिया अझ गहिरो रूपमा बुझ्न सकिन्छ। मृत ताराबाट ब्रह्माण्डमा कसरी तत्वहरू फैलिन्छन्, त्यसको वैज्ञानिक व्याख्या सम्भव हुन्छ। यसले तारकीय जीवन चक्र को नयाँ अध्याय खोल्छ — एक तारा मर्छ तर उसकै अवशेषबाट ब्रह्माण्डको शक्तिशाली संरचना जन्मिन्छ।