+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

कमल थापाको चेतावनी: संवैधानिक अधिकार रोकिए जनताको प्रतिकार अनिवार्य

उनको यो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। सरकारको तर्फबाट भने यस विषयमा कुनै औपचारिक धारणा आएको छैन।

जनवाच
१ महिना अगाडी

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले संवैधानिक अधिकारमाथि अंकुश लगाउने प्रयास गरे जनताले प्रतिकार गर्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना विचार व्यक्त गर्दै थापाले राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता बाहेक अन्य सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिने बताए। साथै, उनले यदि संवैधानिक अधिकारको प्रयोग गर्दा नियन्त्रण गर्न खोजिएमा त्यसको गम्भीर परिणाम भोग्न सरकार बाध्य हुने बताएका छन्।

उनको यो प्रतिक्रिया पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमको तयारीसँग जोडिएको देखिन्छ। आगामी फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा भव्य स्वागतको तयारी भइरहेको छ। यसै सन्दर्भमा सरकारले अवरोध सिर्जना गर्न सक्ने अड्कल गर्दै थापाले कडा चेतावनी दिएका हुन्।

थापाले स्पष्ट शब्दमा भनेका छन्,
“संवैधानिक अधिकारको प्रयोग गर्दा यदि सरकारले नियन्त्रण गर्छ भने त्यो प्रत्युत्पादक हुनेछ। यस्तो अवस्थामा जनता प्रतिकार गर्न बाध्य हुनेछन्। चेतना भया!”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ