+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

अवैध रूपमा अमेरिका बसेका १० नेपाली चार्टर विमानमार्फत स्वदेश फर्काइए

नेपाल फर्काइएका ती व्यक्तिहरूलाई त्रिभुवन विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिई आवश्यक सोधपुछ गर्ने तयारी गरिरहेको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौँ । अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका १० नेपाली नागरिकलाई अमेरिकी प्रशासनले चार्टर विमानमार्फत नेपाल फर्काएको छ।

बुधबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विशेष विमानमार्फत ती नेपालीलाई स्वदेश फिर्ता पठाइएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।

अमेरिकामा कागजातविहीन रूपमा लुकेर बस्ने हजारौँ नेपाली रहेको अनुमान गरिए पनि अमेरिकी सरकारले पहिलोपटक चार्टर विमान प्रयोग गरी त्यस्ता व्यक्तिहरूलाई फिर्ता पठाएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति कडा बन्दै गएको छ, जसअन्तर्गत गैरकानुनी रूपमा बसोबास गरिरहेका विदेशी नागरिकलाई निकाल्ने अभियान तीव्र पारिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ