+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

बास्कोटाको स्पष्ट सन्देश : “सबै शाह समान सम्मानका हकदार हुँदैनन्”

बास्कोटाको भनाइ पुनः राजसंस्थाको चर्चा चल्ने क्रमसँगै आएको हो, जसले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस जन्माउने देखिन्छ।

जनवाच
१ महिना अगाडी

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहप्रति इतिहासले दिएको सम्मान सबै शाह वंशका व्यक्तिहरूले पाउने हैसियतमा नरहेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले पुनरुत्थानवादी धारणा राख्नेहरूका प्रयास सफल नहुने जिकिर गरेका छन्। उनले पृथ्वीनारायण शाहको योगदान ऐतिहासिक महत्त्वको भए पनि ज्ञानेन्द्र शाहले जनताको अधिकार खोसेपछि इतिहासले उनलाई बिदाइ गरिसकेको टिप्पणी गरे।

“पुनरुत्थानवादीहरूको चैतमा तताउने, वैशाखमा सकाउने योजना सफल हुँदैन,” बास्कोटाले लेखेका छन्, “पृथ्वीनारायण शाहका वंशज हुनु मात्रको आधारमा सबै शाहलाई समान सम्मान दिइँदैन।”

साथै, उनले पूर्वयुवराज पारश शाहप्रति व्यक्तिगत पूर्वाग्रह नरहेको उल्लेख गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ