+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

सुनचाँदी व्यवसायको विस्तार र ऐन निर्माण: व्यवसायीको मागप्रति प्रचण्डको प्रतिबद्धता

जनवाच
१ महिना अगाडी

काठमाण्डौ- २० फागुन । नेपालका सुनचाँदी व्यवसायीहरू लामो समयदेखि व्यवस्थित कानुनी संरचनाको माग गरिरहेका छन्। यही सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट्टै ऐन निर्माणको आवश्यकता औंल्याउँदै व्यवसायीहरूको मागलाई उचित ठहर गर्नुभएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औँ स्थापना दिवसका अवसरमा कैलालीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यो व्यवसायलाई व्यवस्थित गर्न छुट्टै कानुनी आधार आवश्यक रहेको बताउनुभयो। ‘सुनचाँदी व्यवसाय ठूलो परिमाणमा हुने व्यवसाय हो। यसलाई कानुनी रूपमा व्यवस्थित गर्न छुट्टै ऐन नभई सम्भव छैन,’ उहाँले भन्नुभयो।

अध्यक्ष प्रचण्डले सुनचाँदीको थोक कारोबार काठमाडौंमा मात्र केन्द्रित हुनु गलत रहेको भन्दै कम्तीमा प्रदेश राजधानीसम्म यसको विस्तार हुनुपर्ने बताउनुभयो। संघीय प्रणालीअनुसार व्यवसायको समान अवसर सुनिश्चित गर्न प्रदेशस्तरमा कारोबार विस्तार हुनु जरुरी रहेको उहाँको तर्क थियो।

सुनचाँदी व्यवसायलाई मदिराजस्तो विलासितासँग जोडेर कर लगाउनु अन्यायपूर्ण भएको भन्दै उहाँले यस्तो कानुनी व्यवस्थालाई हटाउन आवश्यक रहेको बताउनुभयो। व्यवसायमैत्री नीति निर्माण गर्न कानुनी सुधार आवश्यक रहेको र यसबारे आफूले प्रधानमन्त्री हुँदा पनि पहल थालेको उहाँले स्पष्ट पार्नुभयो।

अध्यक्ष प्रचण्डले सुनचाँदीको परम्परागत व्यवसायलाई प्रवर्द्धन गर्न नीति तथा कार्यक्रम तथा बजेटमै समावेश गरिसकेको बताउँदै व्यवसायीहरूले पनि यसको कार्यान्वयनका लागि निरन्तर आवाज उठाउनु पर्नेमा जोड दिनुभयो। साथै, उहाँले आफ्नो पार्टीले व्यवसायीहरूसँग मिलेर आवश्यक कानुनी संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ