+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

थापाथलीमा मेलम्चीको पाइप फुट्दा, सडक अवरुद्ध

थापाथलीमा भएको पछिल्लो घटनाले मेलम्चीको पाइपलाइन व्यवस्थापनमा पुनः प्रश्न उठाएको छ ।

जनवाच
१ महिना अगाडी

काठमाडौँ । थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुख्य पाइप बिहानीपख फुट्दा बाढी आएको छ । पानीको अत्यधिक प्रवाहका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने स्थानीय बासिन्दा र यात्रुहरूलाई आवागमनमा कठिनाइ भएको छ ।

पाइप फुट्नुको कारण अहिलेसम्म यकिन भइसकेको छैन । यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप फुट्दा सरकारी कार्यालयहरू डुबानमा परेका थिए । उक्त घटनामा विद्युत प्राधिकरणको कामका क्रममा पाइप फुटेको खुलेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ