+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजविराजका ५२ सय परिवार लालपुर्जाविहीन, राजविराज बन्द

जनवाच
१ महिना अगाडी

राजविराज, फागुन १८ । पुस्तौँदेखि बसेका बासिन्दाले लालपुर्जा नपाएको भन्दै राजविराजमा आज संघर्ष समितिले बजार बन्द गराएको छ। लालपुर्जा माग्दै राजविराज पीडित संघर्ष समितिले गरेको बन्दका कारण औषधि पसलबाहेक सबै व्यापारिक प्रतिष्ठान ठप्प रहेका छन्।

संघर्ष समितिका संयोजक इर्साद अन्सारीका अनुसार, स्थानीय प्रशासन र सरकारको लापरवाहीका कारण ५२ सयभन्दा बढी परिवार लालपुर्जा बिहीन अवस्थामा जीवनयापन गर्न बाध्य छन्। उनीहरूले वर्षौँअघि नगरपालिकाले दिएको जग्गाको रसिद त पाएका छन्, तर लालपुर्जा नपाएका कारण कानुनी रूपमा जग्गाको मालिक बन्न सकेका छैनन्।

नगरको करिब ६८ बिघा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा बसोबास गर्ने परिवारले लालपुर्जा पाउनुपर्ने माग राख्दै संघर्ष समितिले सरकारलाई दवाव दिने उद्देश्यले आज दिउँसो १ बजेसम्म सहर बन्दको घोषणा गरेको छ।

यस आन्दोलनलाई स्थानीय बासिन्दा, समाजसेवी तथा विभिन्न संगठनहरूले समर्थन गरेका छन्। पीडितहरूले राज्यले आफूहरूको स्थायी बसोबासको सुनिश्चितता गर्नुपर्ने माग गर्दै समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ