+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

सिके राउतको प्रहरी सुधार प्रस्ताव : संघीयता बलियो बनाउन तीन तहको संरचना आवश्यक

राउतले नेपाल प्रहरीको हालको संरचनाले विशेष समुदायलाई मात्र प्राथमिकता दिएको आरोप लगाउँदै संघीयता कार्यान्वयनका लागि प्रहरी सुधार अनिवार्य भएको उल्लेख गरेका छन्।

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन १८ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी हालै संसदमा दर्ता गरिएका विधेयकहरू खतरनाक भएको बताएका छन्। उनले संघीयतालाई प्रभावकारी बनाउन प्रहरी व्यवस्थालाई संघ, प्रदेश र स्थानीय तहमा बाँडेर पुनःसंरचना गर्नुपर्ने धारणा राखेका छन्।

राउतका अनुसार सशस्त्र प्रहरीलाई संघीय सरकार, नेपाल प्रहरीलाई प्रदेश सरकार र ट्राफिक तथा नगर प्रहरीलाई स्थानीय सरकार मातहत राख्न आवश्यक छ। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “यदि संघीय व्यवस्था कार्यान्वयन गर्न गम्भीर छौं भने प्रहरीलाई पनि संघीय ढाँचाअनुसार व्यवस्थित गर्नुपर्छ, नत्र अहिलेको प्रणाली राणाकालीन प्रहरी संरचनाभन्दा फरक रहनेछैन।”

राउतले संघीयता सुदृढ गर्न प्रहरीलाई तीन तहमा बाँड्नुपर्ने बताएका छन् –
✅ संघीय प्रहरी : राष्ट्रिय सुरक्षा, सीमा नियन्त्रण, आतंकवादविरोधी कार्य र संगठित अपराध नियन्त्रण
✅ प्रदेश प्रहरी : क्षेत्रीय अपराध अनुसन्धान, कानून कार्यान्वयन, दंगा नियन्त्रण
✅ स्थानीय प्रहरी : सामुदायिक सुरक्षा, ट्राफिक व्यवस्थापन, स्थानीय अपराध न्यूनीकरण

गृहमन्त्री रमेश लेखकले संसदमा दर्ता गराएका विधेयकमाथि ६४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। संघीय संसद सचिवालयका अनुसार केही दिनभित्र विधेयकमाथि दफावार छलफल गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ