काठमाडौं, फागुन १३ । शिखर इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज बिहान ११ बजेबाट कम्पनीको केन्द्रीय कार्यालय, शिखर विज सेन्टर, थापाथलीमा बस्दैछ।
सभामा प्रमुख रूपमा सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह सम्बन्धी छलफल पनि एजेन्डामा समावेश छ।
साधारण सभाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषयमा पनि निर्णय लिनेछ। कम्पनीले सभा प्रयोजनका लागि माघ ३० गते बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
शिखर इन्स्योरेन्सको यस साधारण सभाले सेयरधनीहरूका लागि वित्तीय तथा रणनीतिक रूपमा महत्वपूर्ण निर्णयहरू पारित गर्ने अपेक्षा गरिएको छ।