काठमाडौं, फागुन ११ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद पूर्तिका लागि सरकारद्वारा तीन सदस्यीय छनोट समिति गठन गरिएको छ। प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य उम्मेदवार छनोट गर्न अर्थ मन्त्रालयको निर्देशनमा समिति गठन गरिएको हो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिको संयोजकका रूपमा अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल रहनेछन्। समितिमा अर्थ मन्त्रालयकै सहसचिव अमृत लम्साल सदस्यका रूपमा रहनुहुनेछ भने विज्ञ सदस्यको रूपमा डा. खोमराज खरेल चयन भएका छन्।
प्रतिष्पर्धात्मक प्रक्रिया र पारदर्शिता सरकारले खुला प्रतिस्पर्धामार्फत योग्य उम्मेदवार छनोट गर्ने लक्ष्य लिएको छ। समितिले पारदर्शी मूल्यांकन प्रक्रियामार्फत योग्य तथा सक्षम व्यक्तिलाई छनोट गर्ने अपेक्षा गरिएको छ। नेप्सेमा नेतृत्व परिवर्तनसँगै पूँजीबजारको सुधार तथा सुदृढीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
यो प्रक्रियाले नेपालको सेयर बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य बोकेको छ।