+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्सको आकर्षक लाभांश प्रस्ताव: सेयरधनीलाई बोनस सेयरसहित नगद लाभ

जनवाच
१ महिना अगाडी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूलाई आकर्षक लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुल २८.४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यस अनुसार, सेयरधनीहरूलाई २६.९८ प्रतिशत बोनस सेयर प्रदान गरिनेछ भने कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।

कम्पनीको यो प्रस्ताव बिमा प्राधिकरणको स्वीकृतिपछि वार्षिक साधारण सभाबाट पारित गरिएपछि मात्र सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्। सिटिजन लाइफ इन्स्योरेन्सको यो निर्णयले सेयरधनीहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुग्नुका साथै बजारमा कम्पनीको आकर्षण पनि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ