+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अटो

रोयल इनफिल्ड महा–राइड : रोमाञ्चक यात्रा र पर्यटन प्रवर्द्धनको नयाँ उचाइ

रोयल इनफिल्डका उत्साही राइडरहरूले आगामी यात्राहरूमा अझ बढी जोशका साथ सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

जनवाच
१ महिना अगाडी

काठमाडौँ– मोटरसाइकल यात्रामार्फत पर्यटन प्रवर्द्धनलाई नयाँ गति दिने उद्देश्यले नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ। नेपालगञ्जको रोयल इनफिल्ड शोरूमबाट सुरु भएको यो रोमाञ्चक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेको थियो।

७५ भन्दा बढी उत्साही रोयल इनफिल्ड राइडरहरूको सहभागितामा सम्पन्न महा–राइडले मोटरसाइकल पर्यटनको महत्वलाई उजागर गर्यो। नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक तुलबिक्रम कार्की, शसस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शोभाकान्त खनाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई विशेष महत्व प्रदान गर्यो।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख जिल्ला अधिकारी रिजाल र नगर प्रमुख बिष्टले संयुक्त रूपमा झण्डोत्तोलन गर्दै गरेका थिए।

यात्रालाई अझै विशेष बनाउन चर्चित महिला राइडर तथा बाइक प्रशिक्षक शीतल गिरी काठमाडौंबाट सहभागी भइन्। साथै, मोटरसाइकल यात्राका अनुभवी भ्लगर विशाल थापा र सुप्रिम भ्लगको उपस्थितिले यात्रालाई थप रोचक बनायो।

नेपालगञ्ज सहरको सुन्दर भ्रमणपछि राइडरहरू गाभर उपत्यकातर्फ अघि बढे। स्थानीय समुदायले खादा र सांस्कृतिक नृत्यका साथ राइडरहरूको भव्य स्वागत गरे। यस यात्राले न केवल मोटरसाइकल पर्यटनलाई प्रवर्द्धन गर्‍यो, बरु स्थानीय संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै नेपालगञ्ज र गाभर उपत्यकालाई पर्यटनको नयाँ गन्तव्यको रूपमा उभ्याउने प्रयास गर्यो।

यात्राका क्रममा आयोजित रोयल इनफिल्ड बाइक म्युजिकल चेयर प्रतियोगितामा राकेश (रकी) विजयी भए। साथै, सबैभन्दा अनुशासित तथा मैत्रीपूर्ण राइडरको रूपमा दशरथ चन्दलाई सम्मान प्रदान गरियो।

यो रोमाञ्चक यात्राले नेपालगञ्ज र गाभर उपत्यकालाई पर्यटनको नक्सामा थप चम्किलो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ