काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली नेपालका लागि उपयुक्त नहुने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालमा राष्ट्रपति प्रणाली लागू भए त्यसले राजनीतिक अस्थिरता निम्त्याउने दाबी गरे। उनले अमेरिका लगायतका मुलुकमा राष्ट्रपतिको प्रणालीले निम्त्याएका समस्याहरूबारे अध्ययन गर्न सुझाव दिए।
“नेपालीहरू अमेरिका छोडेर भाग्न थाल्छन्” अध्यक्ष नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था आए अमेरिकामा रहेका नेपालीहरू भाग्न बाध्य हुने टिप्पणी गरे। “यदि राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन प्रणाली लागू गरियो भने अहिले अमेरिकामा रहेका नेपालीहरू भागाभाग हुन्छन्। यसको असर कति गहिरो हुन्छ भन्ने धेरैलाई थाहा छैन,” उनले भने।
राष्ट्रपति प्रणालीको प्रभावबारे अध्ययन गर्न सुझाव अध्यक्ष नेपालले राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन प्रणालीको पक्ष र विपक्षबारे गम्भीर छलफल गर्न आवश्यक रहेको बताए। “यदि कसैलाई यसको प्रभावबारे राम्रो जानकारी छैन भने एक गोष्ठी आयोजना गर्नुस्, म स्वयं आएर विस्तृत विवरण दिन्छु। मैले अमेरिका गएर समेत यी विषय अध्ययन गरेको छु,” उनले थपे।
उनको भनाइले नेपालमा राष्ट्रपति प्रणालीबारे भइरहेका बहसलाई थप चासोको विषय बनाएको छ।