+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुरुङमार्गको ब्रेक थ्रु

उपप्रधानमन्त्री श्रेष्ठले भने– विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको हो

जनवाच
२ महिना अगाडी

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको दाबी गरेका छन् । शुक्रबार सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको ब्रेक थ्रु गर्दैगर्दा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री सिंहले सुरूङ मार्गको ब्रेक थ्रुपछि सो क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गरे । यस्तै उनले अहिलेको सरकारको मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेको पनि बताए।

राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको उनको दाबी छ ।

‘योजनाहरू राम्रो भएपनि राजनीति स्थीरता नहुँदा काम समयमा नसकिने र काममा व्यबधानहरू आउने कारणले गर्दा अहिले राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार कांग्रेस ,एमाले र अरू साना दल मिलेर सरकार बनेको छ । उपप्रधानमन्त्री सिंहले भने, ‘दुई ठुला दल नमिलि राजनीति स्थायित्व दिन सम्भव नभएको कारणले गर्दा राष्ट्रिय आवश्यक्ता अनुसार अहिले संयुक्त सरकार बनेको छ ।’

उपप्रधानमन्त्री सिंहले विकास निर्माणको काममा जनताको सहभागिता र स्विकार्यता आवश्यक पर्नेमा पनि जोड दिए । यसअघिका सरकारले गर्न नसकेका कामलाई वर्तमान सरकारले अघि बढाउने सिंहले दाबी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ