+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भाटभटेनी सुपर स्टोर्सद्धारा २२ करोडभन्दा बढी उपहार घोषणा

जनवाच
३ महिना अगाडी

काठमाडौं । भाटभटेनी सुपर स्टोर्सले आफ्ना नियमित ग्राहकहरूलाई यो वर्ष २२ करोड भन्दा बढी गिफ्ट भौचर (उपहार) को घोषणा गरेको छ । यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले आफूले पाएको गिफ्ट भौचर बराबरको सामग्री देशभर फैलिएको २७ वटा भाटभटेनी स्टोर्समा जहाँबाट पनि खरिद गर्न सक्नेछन् ।

यो उपहार भाटभटेनी क्लबका सदस्यता प्राप्तगर्ने मध्येका एक लाख नौ हजार ग्राहकहरूले प्राप्त गर्नेछन् ।

भाटभटेनी क्लबमा सदस्य रहेका लाखौं ग्राहकमध्ये एक लाख नौ हजार ५२९ जनाले गिफ्ट भौचर प्राप्त गरेको सीओओ पानु पौडेलले जानकारी दिए ।
कम्तीमा १३ सयदेखि २ लाखसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेका छन् । यसरी बाँडिने गिफ्ट भौचर कूल २२ करोड ५२ लाख ४९ हजार ३२४ रुपैयाँ बराबर हुनेछ ।

सीओओ पौडेलका अनुसार गिफ्ट भौचर बाँड्ने कार्य २०८१ माघ ६ गते देखि फागुन ९ गतेसम्म रहने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ