काठमाडौं । क्रिकेटर दीपेन्द्र सिंह ऐरी अमोडा तथा ज्याको ब्राण्डको ब्राण्ड एम्बास्टर बनेका छन् । सोमबार एक समारोहकाबीच अमोडा तथा जेको ब्राण्डका लागि नेपालको आधिकारिक वितरक शारडा ग्रुपले ऐरीलाई ब्राण्ड एम्बास्टरमा अनुबन्धन गरेको हो ।
ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपील) को सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै अमोडा गाडी जित्न सफल भएका थिए । यसलगत्तै कम्पनीले क्रिकेटर ऐरीलाई आफ्नो ब्राण्डको एम्बास्टर बनाएको हो।
नेपालका लागि अमोडा तथा ज्याको ब्राण्डका लागि आधिकारिक बिक्रेता शारडा ग्रुपले सोमबार एक विशेष कार्यक्रमको आयोजना गर्दै ऐरीलाई ब्राण्ड एम्बास्टर नियुक्त गरेको घोषणा गरेको छ । साझेदारीपत्रमा हस्ताक्षर गर्दै एम्बास्टर ऐरीले प्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताएका छन् ।
कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिव रतन शारदडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपिजि अटोमोबाइल्सका अन्य सदस्यहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, चर्चित इन्फ्लुएन्सरहरू, पत्रकार तथा मिडियाको उपस्थिती रहेको थियो ।
सोही अवसर कम्पनीले ऐरीलाई एनपिएलको इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्टको पुरस्कार स्वरूप अमोडा ई–फाइभको किं ९साँचो० समेत हस्तान्तरण गरेको छ ।
साँचो हस्तारन्तरण गर्दै कम्पनीका निर्देशक गौरव शारडाले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पुरुष टी२० अलराउन्डरमा दोस्रो वरीयतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक हुन् । आफ्नो कुशलता र पर्फमेन्समा सदैव उच्चतस्तरको लगाव राख्ने दीपेन्द्र सिंह ऐरी जस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं ।’