काठमाडौं । चिनियाँ विद्युतीय सवारी लिपमोटर नेपाल भित्रिएको छोटो समयमै निकै लोकप्रिय बन्न सफल भएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले नाडा अटो शो, २०२४ को अवसरमा गत भदौमा मात्र सी–१० लाई नेपाल भित्र्याएको थियो । भदौदेखि पुस मध्यसम्ममा एक सय युनिट लिपमोटर सी१० कार बेच्न सफल भएको कम्पनी दाबी गरेको छ ।
यो नेपालको विद्युतीय सवारी साधन क्षेत्रमा क्रान्ति ल्याउने आफ्नो मिशनतर्फको महत्वपूर्ण उपलब्धिको शुभारम्भ भएको कम्पनीले बताएको छ ।
‘यस उपलब्धिले लिपमोटरको नवीनतम प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतामा ग्राहकले देखाएको रुचि र विश्वासलाई पुष्टि छ’ नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले बताएको छ ।
कम्पनीले थप भनेको छ, ‘लिपमोटर सी१० प्रति ग्राहकले देखाएको विश्वासका लागि हामी अत्यन्त आभारी छौं, यो उपलब्धिले नेपालमा गुणस्तरीय विद्युतीय सवारी साधनप्रतिको माग दिनानुदिन बढिरहेको स्पष्ट संकेत गर्दछ, हामी उत्कृष्ट उत्पादन र बिक्रीपछिको सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध छौं ।’
कम्पनीले लिपमोटर सी–१० देशैभरीबाट एक सय युनिट बिक्री गर्न सफल भएको हो ।