+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेरा दरबारको १६४ रोपनी जग्गा दुरुपयोग भएको प्रहरीको निष्कर्ष

जनवाच
३ महिना अगाडी

काठमाडौं । नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर–२ स्थित शेरा दरबारको १६४ रोपनी जग्गा दुरुपयोग भएको प्रहरीले निष्कर्ष निकालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दरबारको जग्गा हदबन्दी प्रयोजन विपरीत दुरुपयोग भएको निष्कर्ष निकालेको हो ।

यसबारे अनुसन्धान गरेर मालपोत ऐन अनुसार प्रक्रिया अघि बढाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार गरेको छ । दरबार क्षेत्रमा पर्ने १६४ रोपनी १३ आना जग्गा हदबन्दीको प्रयोजन विपरीत भोगचलन गरेको भेटिएको सीआईबीका एआईजी दीपक थापाले बताए । दरबारको जग्गा दुरुपयोग भएको बारे कानुनी प्रक्रिया अघि बढाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागमा लेखेर पठाएको उनले बताए ।

पृथ्वी नारायण शाहले नुवाकोटमा १८४ रोपनीमा शीतकालीन दरबार बनाएका थिए । शाह परिवारबाट नामसारी हुँदै सो जग्गा हेलेन शाह र जयन्ती शाहको नाममा आएको थियो । २०३६ सालमा हदबन्दी लागु भएपछि हेलेनको नाममा १२ रोपनी र जयन्तीको नाममा ९ रोपनी जग्गा आयो । हदबन्दी भन्दा धेरै भएको १६४ रोपनी १३ आना जग्गा मालपोत कार्यालयबाट गौरिशंकर फार्मिङको नाममा राखिएको थियो । नुवाकोट घर भएका विकेश श्रेष्ठले २०४४ मा गौरिशंकर फार्मिङको नाम परिवर्तन गरेर अन्नपूर्ण फार्मिङको नाममा भोगचलन गरे । त्यहाँ कृषि क्याम्पस पनि संचालन गरे । मालपोत कार्यालयको श्रेस्तामा केरमेट गरेर गौरिशंकर फार्मिङलाई ‘अन्नपूर्ण फार्मिङ’ बनाएको प्रहरीको अनुसन्धानबाट भेटिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ