काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘गरिमा समृद्घि योजना’ को निष्काशन तथा बिक्री चार दिनमा नै फूलफिल भएको छ । गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य रु. १० दरको दश करोड इकाइहरू पुस ७ गतेदेखि बिक्री खुला गरिएको थियो । पुस ११ गतेसम्म बिक्री खुला गरिएकोमा बैंकको म्युचुअल फण्डको पुरै ईकाइ चार दिनमानै बिक्री पुरा भएको हो ।
तोकिएको अवधिभर रितपूर्वक मागभन्दा बढी रकमको लागि आवेदन पर्न आएकाले सार्वजनिक निष्काशन तथा बिक्री कार्य आजैदेखि लागू हुने गरी बन्द गरिएको समेत कम्पनीले जनाएको छ ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सबैलाई सीईओ निर्मल भट्टराईले धन्यबाद ज्ञापन समेत गरेका छन् ।