काठमाडौं । चिनियाँ विद्युतीय सवारी केई इक्युटर–०४ एकैपटक ३० युनिट डेलिभरी (हस्तान्तरण) भएको छ । नेपालका लागि जीओ अटोमोबाइल र लक्ष्मी ई मोबिलीटीले केई इक्युटर–०४ नेपाली बजारमा ल्याएका हुन् । यी दुई कम्पनीले छुट्टाछुट्टै शोरुम राखेर गाडीको बिक्री वितरण गरिरहेपनि बिहीबार एकैदिन ३० वटा केई इक्यूट–०४ हस्तान्तरण गरेका हुन् ।
फाइभ डोर (पाँच ढोके) कार इक्यूट–०४ नाडा अटोशो, २०२४ मा मात्र नेपालमा लन्च भएको गाडी हो ।
केई इक्यूट–०४ मा ४० किलोवाटको इलेक्ट्रीक मोटरको साथमा २८।०४ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक रहेको छ । उक्त ब्याट्रीले एकपटकको फुलचार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । गाडीमा १६५ एमएमको ग्राउण्ड क्यिरेन्स प्रदान गरिएको छ ।
आधुनिक फिचरहरूले सुसज्जित यो कारको क्याबिनमा सेन्टर एलसीडी टचस्क्रीन, ब्लुटूथ कनेक्टीभीटी, एप्पल कारप्ले , एन्डरोइड अटो तथा ६ वटा स्पीकरसहितको साउण्ड सिस्टम रहेको छ । यो कारमा किलेस इन्ट्री, वानटच स्टार्ट, कन्सिल्ड इलेक्ट्रीक डोर ह्याण्डल तथा एड्भान्स इनर्जी रिकभरी सिस्टम रहेको छ ।
सुरक्षाको लागि यो कारमा एबीएस, ईबीडी, टीसीएस, टायरप्रेसर मोनिटरिङ सिस्टम, डिउल एयरब्याग लगायत फिचर रहेको छ । दुई कम्पनीले बिक्री गरिरहेको केई इक्यूट०४ को स्पेशल इन्टडक्टरी प्राइस २४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।